Rule 46
भू–वहाल बुझाउनु पर्ने
- (१) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्न अनुमतिपत्रमा उल्लिखित खनिज क्षेत्रको जग्गा नेपाल सरकारको भए निजले नेपाल सरकारलाई अनुसूची–१४ मा तोकिए बमोजिमको भू–वहाल बुझाउनु पर्नेछ ।
(२) उत्खनन कार्यको लागि अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुमतिपत्रको लागिनिवेदन दिंदा आफूले माग गरेको क्षेत्र मध्ये उत्खनन् कार्यको प्रस्तावित योजनामा उल्लिखित क्षेत्रको जग्गा निजी स्वामित्वको भए सो जग्गा भूबहालमा लिन र दिनको लागि भूबहालको रकम समेत उल्लेख गरी निज निवेदक र जग्गाधनि बीच भएको लिखित सम्झौता साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि जिल्ला विकास समिति समक्ष र अन्य खनिज पदार्थको अनुमतिपत्रको लागि विभाग समक्ष पेश गर्नु पर्नेछ । ।
(३) उपनियम (२) बमोजिम भएको सम्झौतामा उल्लिखित रकम अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित जग्गा धनिलाई भू–वहाल बापत बुझाउनु पर्नेछ ।